भारतमा रेल खुल्यो नेपालमा खतरा

धनगढी, १ जेठ । भारतमा रोजगारीका लागि जाने नेपालीमध्ये सुदूरपश्चिमकै बासिन्दा सबैभन्दा बढी हुने गरेका छन् । त्यसैले भारत सरकारले संचालन गरेको विशेष रेलको सुविधा प्रयोग गरेर सुदूरपश्चिमका सीमा क्षेत्रमा नेपालीहरुको चाप बढ्न सक्ने अनुमान गरिएको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै केही दिनअघि बनबासास्थित क्वारेन्टाइनमा रहेका दुई सयभन्दा बढी नेपालीलाई भारतीय पक्षले रातारात नेपाल पठाएको थियो । सीमा क्षेत्रमा थप नेपाली आउन सक्ने र उनीहरुलाई पनि केही दिन सुरक्षित राख्नुपर्ने अवस्था आउनसक्ने आँकलन गर्दै भारतले झण्डै डेढ महिनादेखि आफ्नो क्वारेन्टाइनमा रहेका दुई सयभन्दा बढी नेपालीलाई गड्डचौकी नाकाबाट नेपाल प्रवेश गराएको थियो । विशेष रेलबाट सीमा क्षेत्रमा आउने नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारले योजना बनाएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि खुला सीमानाका कारण चोरबाटोबाट प्रवेश गर्नेहरु ठूलो चुनौती बन्ने निश्चित छ ।

विशेष रेलसेवाका कारण कैलालीको त्रिनगर भन्सार नाका, कञ्चनपुरको गड्डा चौकी नाका र टिकापुरको खक्रौला नाकाबाट नेपालीहरु आउने सम्भावना बढी छ । पहाडी जिल्लाका नाकामा भने रेल सुविधा नभएको कारण त्यति ठूलो समस्या नहुने आँकलन गरिएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुुवेदीले अहिलेको अवस्थामा भने प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि परिक्षणको दायरा बढाइरहेको बताएका छन् । भारतमा रहेका सबै नागरिक एकै चोटी आए थेग्न सक्ने अवस्था नरहेको सुवेदीले बताए । लाखौँको संख्यामा भारतमा रहेका सबै नागरिक स्वदेश भित्रिन खोज्ने भएकाले एकै चोटी उनिहरुको ब्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ । संघिय सरकारले नाकामा आएकाहरुलाइ हाल भित्र्याउन पहल गरे पालैपालो ब्यवस्थापन गर्न सकिने उनको भनाइृ छ । तरपनि क्वारेन्टाइन संगै कोरोना अस्पताल निर्माण लगायतका अन्य अतिआवस्यक कामहरु गरिरहेको मन्त्री सुवेदीले बताए ।
प्रतिपक्षी दल भन्छ ब्यवस्थापन गर्नै पर्छ
सुदूरपश्चिम प्रदेशसभामा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कागं्रेसले भने आफ्ना नागरिक सबैलाई नेपाल भित्र्याएर ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । भारतमा मजदूरी गुमेर भोकभोकै मरेको स्मरण गराउँदै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कागं्रेसका नेता डक्टर रण बहादूर रावलले आफ्ना नागरिक सबैलाई भित्र्याउनुपर्नेमा जोड दिए । भारतले रेल सेवा शुरु गरेर नेपाली नागरिकलाई समेत सिमा सम्म छोड्ने भनेको छ । सबै नेपाली घर आउन खोज्छन उनले भने, सबैलाई भित्र्याउन तिनै तहका सरकारले पहल थाल्नुपर्छ’ । आफ्ना नागरिकलाई स्वदेश भित्र्याउन क्वारेन्टाइनको ब्यवस्थापनमा लाग्नुपर्ने रावलको भनाइृ छ । रावलले प्रदेश सरकारले कोरोनाका रोकथामका लागि केहि प्रयास गरेको भएपनि त्यो प्रयाप्त नभएको बताएका छन् । प्रदेश सरकारले सिमा क्षेत्रमै ठूलो क्षमताको क्वारेन्टाइन निर्माण गर्नुपर्ने उनको भनाई छ । विगतमा धेरै गल्ति गरिसकेको तिन तहकै सरकारले अब भने समयमै ख्याल गर्नुपर्ने रावलको भनाई छ ।
भारतमा रहेका सबै नेपाली फर्के चुनौती छ स्वास्थ्यकर्मी
यदी त्यसो भयो भने यो नेपालका लागि ठूलो चुुनौती हुुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारतिय क्वारेन्टाइमा समयअवधि पुुरा गरेर घर फर्किरहेकाहरुको पनि अनिवार्य कोरोना परिक्षण गरिनुुपर्ने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले बताएका छन् । अब भारतमा रहेका सबै नेपाली स्वदेश फर्किने हुन भने कोरोनाले महामारी रुप लिने छ । पाण्डेयले भने ‘उनिहरुको उद्धार गरी क्वारेन्टाइनमै राख्न अशम्भव छ’ । त्यसैले हाललाई जो जुन स्थानमा छ सोही ठाउँमा बसे सुरक्षित रहन सकिने उनि बताउँछन् ।


१ जेठ २०७७, बिहीवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु