punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्य मन्त्रालयले सच्यायो गल्ती

Chaupati
safha napa

काठमाडौं,जेठ १ । कोरोना संक्रमितको संख्या अध्यावधिक गर्न त्रुटि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरेको छ।

बिहीबार बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी ‘अध्यावधिक विवरणअनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २५०’ पुगेको बताएका थिए।

तर, पहिलो विज्ञप्ति जारी गरेको केही बेरपछि १०ः१५ बजे मन्त्रालयले पुनः अर्को विज्ञप्ति जारी गरी ‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको’ जनाएको छ।

वैशाख ३० गते भेटिएका धनुषा, महोत्तरी र सर्लाही गरी पाँचजना कोरोना संक्रमितको पुरानै तथ्यांक समावेश गरेर मन्त्रालयले बिहीबार पुनः विज्ञप्ति जारी गरेपछि अन्योल बढेको थियो ।

मन्त्रालयले बिहीबार बिहान प्रदेश २ को महोत्तरी निवासी १६ र ३५ वर्षीय पुरुषहरु, धनुषा निवासी २० वर्षीया महिला र ४० वर्षीय पुरुष र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र कुल संक्रमितको संख्या २५० पुगेको जनाएको थियो।


१ जेठ २०७७, बिहीवार ०६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु