कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

धनगढी,बैशाख ३० । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ निमुवाबोझीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार जोशीपुर गाँउपालिका वडा नम्बर ६ पकरीयाका २१ वर्षिय शेर बहादुर डगौंराको मृत्यु भएको हो ।

यस्तै मोटर साईकल चालक सोही ठाउका ३५ वर्षिय पर्शुराम डगौंरा भने घाईते भएका छन । पश्चिमबाट पुर्व तर्फ गईरहेको सु.प.प्र. ०१ ००८ प ४४७४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गईरहेको से १ क ९४५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको हो ।

ठक्कर दिने ट्रक र ४१ बर्षिय चालक मान बहादुर कुवँरलाई ईलाका प्रहरी कार्यालय बौनियाँको टोलीले नियन्त्रणमा लिएको छ । घाईते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।


३० वैशाख २०७७, मंगलवार १२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु