कोरोनाको आशंकामा बुवाछोरी सेती अस्पतालमा २ जना भर्ना

धनगढी ,बैशाख २२ । कोरोनाको आशंकामा बुवाछोरी सेती अस्पतालमा २ जना भर्ना भएका छन । कैलालीको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरी आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

दुवै जना जिल्ला बाहिरबाट नआएको बुझिएपनि रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

यसअघि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको छ ।

तिनै जनाको कोरोना परिक्षका लागि स्वास संकलन गरिएको अस्पतालले जनाएको छ ।


२२ वैशाख २०७७, सोमवार ०८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु