कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु

बैशाख १३, सुखड ।
कैलालीको घोडाघोडी नगरपालिकामा कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।

कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर घोडाघोडी नगरपालिका १२ का ११ बर्षिय सचिन चौधरी र १४ बर्षिय अनिश चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए । प्रहरीका अनुसार नदीमा नुहाउन गएका उनीहरु पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।


१३ वैशाख २०७७, शनिवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु