punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हवाई उडान जेठ ३ सम्म स्थगित, लकडाउनको निर्णय मन्त्रिपरिषद्‍बाट

Chaupati
safha napa

काठमाडौं १२ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ ३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय लिएको छ। शनिबार सिंहदरबारमा समितिका संयोजक ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह‍्‍य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्‍ने निर्णय गरेको हो।

सचिव बिडारीले लकडाउनको अवधि बढाउने नबढाउने निर्णय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिएका छन्। आजको बैठकमा लकडाउनकै कारण कोरोना नियन्त्रण सम्भव भएको निचोड निकालेको जनाउँदै बिडारीले स्थिति नियन्त्रण बाहिर जान नदिन अन्य उपाय पनि अपनाइने उल्लेख गरे।

बिडारीले समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको नारायण प्रसाद बिडारीले बताए। लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने विषयमा केही निर्णय नभएको उनले बताए।

प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समीक्षा भएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समीक्षा भएको सचिव बिडारीले बताए। सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए।

स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पुर्‍याउन सकिने अवस्थामा सरकार रहेको उनले बताएका छन्।


१३ वैशाख २०७७, शनिवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु