punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको एरिष्टोद्वारा अनलाइन मिटिङ्ग, अनलाइन कक्षाको निर्णय

Chaupati
safha napa

धनगढी,बैशाख १३ । धनगढीको एरिष्टो विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ । धनगढी उपमहानगरपालिका ८ क्याम्पस चोकमा अवस्थित एरिष्टो माध्यमिक विद्यालयले लक डाउनकालाई मध्यनगर गर्दै अनलाइन कक्षा सञ्चालन गरेको हो ।

कक्षाका सञ्चालन लागि विद्यालयले एरिष्टो अनलाइन क्लास ग्रुपु निर्माण गरी वैशाख आठ गतेदेखि उक्त ग्रुपमा विद्यार्थीलाई जोडिरहेको र शैक्षिक सामग्रीहरू पनि राख्दै आइरहेको बिद्यालयले जानकारी दिएको छ ।

अब त्यसैलाई कसरी प्रभावकारी बनाउने भन्ने उदेश्यले जुम क्लाउड मिटिङ्गु एप मार्फत विद्यालयका प्रधानाध्यापक हरि क्षेत्रीको अध्यक्षतामा आज दोस्रो अनलाइन स्टाप बैठक बसी उक्त निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण देश लकडाउनको स्थितिमा रहेको बेला विद्यार्थीलाई पर्न गएको असुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोगले कक्षा सञ्चालन गर्ने भएको हो पहिले चरणमा अभिभावकलाई अनलाइन कक्षाका बारेमा जिनकारी गराउने, उक्त पठनपाठनमा विद्यार्थीलाई आफ्नो निग्रानीमा सहभागी गराउन अनुरोध गर्ने योजना रहेको छ ।

नियमित कक्षाजस्तै सबै विषय र पक्ष अनलाइन कक्षामा समेट्न नसकिए तापनि विद्यार्थीमा पढाइप्रतिको रुचि जागरण गराइरहने र सिर्जनात्मक क्षमताको विकासमा सघाउ पुग्ने विद्यालयका प्रधानाध्यापक हरि क्षेत्रीले बताए ।


१३ वैशाख २०७७, शनिवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु