कैलाली र कञ्चनपुरका १२ स्थानीय तहलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग
कञ्चनपुर ,१३ बैशाख । कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)ले कैलाली र कञ्चनपुरका १२ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको छ। एनएनएसडब्लुएका निर्देशक अशोकविक्रम जैरुका अनुसार कैलालीका तीन, कञ्चनपुरका नौ वटा स्थानीय तह र महाकाली अस्पताललाई पिपिइसेट, आरआर थर्मोमिटर, सेनिटाइजर, साबुन, ग्लोब, भाइरेक्स, मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।
कञ्चनपुरका महाकाली, शुक्लाफाँटा, भीमदत्त, वेदकोट,कृष्णपुर, पुनर्वास नगरपालिकालाई पिपिइसेट एक एक थान, आरआर थर्मोमिटर एक एक थान, सेनेटाइजर १० लिटर, ग्लोव ४०० थान, साबुन ४०० थान, माक्स ४०० थानका दरले उपलव्ध गराईएको निर्देशक जैरुले जानकारी दिए। यसैगरी, बेलौरी नगरपालिकालाई पिपइ दुई थान, आरआर थर्मोमिटर एक थान, सेनेटाइजर १० लिटर, ग्लोब ४०० थान, साबुन ४०० थान र लाझाडी र बेलडाँडी गाँउपालिकालाई पिपिइ दुई थान, आरआर थर्मोमिटर दुई थान, सेनेटाइजर १३ लिटर, साबुन ४०० थान, ग्लोब ६०० थान, भाइवेक्स आठ थानका दरले उपलब्ध गराइएको छ।
महाकाली अस्पताललाई पिपिइ सेट तीन थान, आरआर थर्मोमिटर एक थान, सेनेटाइजर १० लिटर, साबुन ७५ जान, माक्स ७५ थान र ग्लोव ७५ थान उपलव्ध गराइएको छ। कैलालीका गौरी गंगा नगरपालिका, कैलारी र वर्दगोरीया गाँउपालिकालाई पिपइ सेट एक थान, आरआर थर्मोमिटर एक थान, सेनेटाइजर ११ लिटर, ग्लोब २०० थान र भाइरेक्स आठ थानका दरले उपलव्ध गराइएको छ।
कञ्चनपुरका महाकाली, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकालाई सय परिवारलाई प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन, सय ग्राम वेसा र एक थान सावुनका दरले उपलब्ध गराइएको छ। भीमदत्त नगरपालिका क्षेत्रका दैनिक ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका लकडाउनका कारण प्रभावित भएका ३०० परिवारलाई समेत खाद्य सामग्री प्रदान गरिएको छ।
१३ वैशाख २०७७, शनिवार ०५:४८ बजे प्रकाशित