चट्याङ लागेर बैतडीमा तीनजना घाइते,एकको अवस्था गम्भीर

बैतडी,१३ बैशाख ।चट्याङ लागेर बैतडीमा तीनजना घाइते भएका भएका छन्। डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार, १८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ।

चट्याङ लागेर उनीहरुको शरीर जलेको छ। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ।

शुक्रबार राति करिब ९ बजे परेको चट्याङले हेमन्तीको घरसँगै अन्य १२ जनाको घरको मिटरबक्स र विद्युतीय उपकरणमा पनि क्षति पुगेको स्थानीय प्रकाश लुहारले जानकारी दिए।


१३ वैशाख २०७७, शनिवार ०५:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु