बोलन्या थलीलाई औषधी सहयोग
धनगढी,बैशाख १३।बोलन्या थलीलाई औषधी सहयोग प्राप्त भएको छ । सामुदायिक केन्द्र धनगढीकी निवर्तमान उपाध्यक्ष लक्ष्मी शाहीले संस्थालाई ७ हजार बराबरको विभिन्न किसिमका औषधीहरू दिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
उनका अनुसार लाइफ सेभिङ औषधी,सुगर प्रेसर,किड्नी,मुटु सम्बन्धीका औषधीहरू,डडेलधुराको गन्यापधुरा गाउँपालिकाका बोलन्या थलीका प्रतिनिधि हिक्मत मालीलाई पठाइएको बताए ।
प्राप्त भएका औषधीहरू गन्यापधुरा गाउँपालिकाका ९ जना बिरामीहरूलाई वितरण गरिने जनाएको छ । बोलन्या थली संस्थाले लकडाउनलाई मध्यनजर गरी दैलामै दवाई अभियान समेत सञ्चालन गरिरहेको छ ।
अति आवश्यक औषधीका लागी संस्थाका ९८५८४८०६५४मा सम्पर्क गर्न संयोजक जोशीले अनुरोध गरेका छन् ।
१३ वैशाख २०७७, शनिवार ०५:२८ बजे प्रकाशित