punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा गहुँ थ्रेसिङका बेला पट्टामा बेरिएर महिलाको मृत्यु

Chaupati
safha napa

डडेल्धुरा,बैशाख ५ । डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ की ५५ वर्षीया मैनादेवी बोहराको मृत्यु भएको हो।

गहुँ थ्रेसिङका क्रममा बुधबार घाइते भएकी उनको बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। पट्टामा बेरिँदा बोहराको टाउकोमा गम्भीर चोट लागेको थियो।

उनलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ उपचार हुन नसकपेछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनक मल्लले जानकारी दिए।


५ वैशाख २०७७, शुक्रवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु