३३ जना डाक्टरकाे टोली धनगढीमा

धनगढी,वैशाख ५ । स्वास्थ्य मन्त्रालयले पठाएका ३३ जना चिकित्सकको टोली शुक्रबार धनगढी आइपुगेको छ । उनीहरुलाई बाजुरा र डाेटी बाहेक सुदूरपश्चिमका ७ जिल्लामा खटाइने भएकाेे छ । उनीहरु कोेरोना भाइरबाट संक्रमणकोे आशंका भएका र संक्रमित विरामीको उपचारमा परिचालित हुने छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले छात्रवृत्तिमा एमडी अध्यनरत सरकारी डाक्टरहरुको टोली धनगढी आएको हो ।

उनीहरुमध्ये सेती प्रादेशिक अस्पतालमा १४, महाकाली प्रादेशिक अस्पतालमा ४, अछाममा ३, बैतडीमा २, बझाङमा ३, डडेलधुरामा ३, दार्चुलामा २ र टीकापुर अस्पताल कैलालीमा २ जना पठाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


५ वैशाख २०७७, शुक्रवार १०:३१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु