भारतको क्वारेन्टाइनमै किरिया बसेका वासुदेवलाई नेपाल ल्याउन गृहको पहल

दार्चुला,वैशाख ४।

दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा किरियामा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ

यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ ।

लकडाउनका कारण भारतमै अलपत्र परेका शैल्यशिखर नगरपालिका १ का वासुदेवकी आमा मंगलबार बितेकी थिइन् । लकडाउनका कारण आउन नपाएपछि उनी धार्चुलामा क्वारेन्टाइनमै किरियामा बसेका छन्।

सञ्चारमाध्यममा उनको तस्बिरसहितको समाचारले सरकारी अधिकारीको समेत ध्यान तानेको हो ।गृह प्रवक्ता केदारनाथ शर्माले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रक्रिया अगाडि बढाएको बताए ।


४ वैशाख २०७७, बिहीवार ०९:३८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु