महालक्ष्मी विकास बैंकद्धारा सुदूरपश्चिम सरकारको कोरोना कोषमा ४ लाख सहयोग

धनगढी,वैशाख ४ । महालक्ष्मी विकास बैंकले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले स्थापना गरेको उक्त कोषमा सो रकम सहयोग गरेको बैंकका शाखा प्रबन्धक प्रकाश खड्काले जानकारी दिए।

बैंकको केन्द्रीय कार्यालयले ५० लाख रकमबाट सातवटै प्रदेशमा चाररचार लाख र संघीय सरकारको कोषमा १२ लाख दिने निर्णय गरेको थियो। सोही अनुसार धनगढीस्थित शाखाबाट बिहीबार सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।

बैंकका शाखा प्रमुख झंकर कडायतले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेका थिए। शाखा प्रमुख कडायतले मानवीय सेवा नै सबैभन्दा ठूलो भएकाले रकम सहयोग गरिएको बताए।


४ वैशाख २०७७, बिहीवार ११:५६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु