हेलिकोप्टर मार्फत उद्धार गरिएका बाजुराका एक बालकको नेपालगञ्जमा मृत्यु

बाजुरा,वैशाख ४। बुधवार बाजुराको कोल्टि बाट हेलिकप्टर मार्फत नेपालगञ्ज उपचारका लगिएको ५ वर्षीय खगेन्द्र कार्कीको उपचारका क्रममा भेरि अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

दिउसो सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको वालकको आइसियुमा उपचार क्रममा बुधवार साझ मृत्यु भएको छ ।

बुढीनन्दा नगरपालिका–७ कालेगाडमा आँगनमा खेल्दै गरेको अवस्थामा लडेर बालक गम्भीर घाइते बालकलाई भएको १ दिन पछि नेपाली सेनाको हेलीकप्टर मार्फत उपचारका लागि नेपालगंज लगिएको थियो ।

घाईते वालक बुढिनन्दा नगरपालिका ७ का पत्रकार महेश कार्कीका ५ वर्षीय छोरा खगेन्द्र कार्की रहेको थिए । घाइते भएका बालक उनकै घरको आगनमा खेलीरहेका बेला गम्भीर चोट लागेको थियो ।


४ वैशाख २०७७, बिहीवार ०८:३४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु