एसटीएस टेलिभिजनबाट एसईइ तयारी कक्षा शुरु

धनगढी,चैत २७ । लक डाउनका कारण पढाईमा बाधा पुग्न गएपछि एसटीएस टेलिभिजनबाट अब हरेक दिन एसईइ तयारी कक्षा आज बाट संञ्चालन शुरु भएको छ ।
लामो समय देखि विद्यार्थी एसईइको तयारी गर्ने अवसर बाट बञ्चित भएपछि विद्यार्थी लाई केहि सहज होस भन्ने उदेश्यले हरेक दिन दिउँसो ३ बजे देखि ५ बजे सम्म गणित र विज्ञान विषयको तयारी कक्षा संञ्चालन हुने छ ।

हरेक दिन एक घण्टा गणित र एक घण्टा विज्ञान विषयका बारेमा तयारी कक्षा पत्येक्ष रुपमा टेलिभिजन बाट जानकारी गराईने कार्यक्रमका संञ्चालक तथा रेडिकल ब्रिजकोर्षका संञ्चालक प्रकाश छेडालले जानकारी दिए ।

टेलिभिजन बाट जानकारी गराईने कक्षामा विभिन्न विषयका विज्ञहरु संग समेत प्रत्यक्ष कुराकानी गराईने छ । लक डाउनका बेला यस्ता कक्षाले विद्यार्थी लाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास कार्यक्रमका संञ्चालक तथा रेडिकल ब्रिजकोर्षका संञ्चालक प्रकाश छेडालको रहेको छ ।


२७ चैत २०७६, बिहीवार ११:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु