punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाल—बालिकाहरूको लागि निशुल्क डिजिटल एप सार्वजनिक

Chaupati
safha napa

कोरोना भाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट)कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगलप्ले स्टोरमा सार्वजनिक गरेको छ । साथै यो एपमा बाल—बालिकाहरूको लागि जनचेतनामूलक कोरोना भाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

नेपाली वर्णमाला नेपाली बाल–बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एप बाल—बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले झन सहज पुग्ने छ अध्यक्ष सोडारीको विश्वास छ ।

यस एपमा भिडियोमार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल—बालिकाहरूको ध्यान केन्द्रित गराई, बाल—बालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ । नेपाली वर्णमाला एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ ।

नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ ।


२७ चैत २०७६, बिहीवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु