#belauri nagarpalika
#belauri

भोलि र पर्सी काठमाडौं बाहिर चाहनेलाई जान दिने

#belauri
#bhimdat

काठमाण्डौँ,चैत २७ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले केही दिनदेखि लकडाउन आह्वान गरेको छ । लकडाउन भएसँगै काठमाडौंमा बसिरहेका धेरै मानिसहरु हिँडेर नै बाहिर जान खोजिरहेका छन् ।

त्यो पनि दिउँसोमा हिँड्न नपाउने भएपछि उनीहरु रातिराति टाढाटाढाको यात्रामा निस्किएका छन्। यसैबीच सरकारले अब काठमाडौंबाहिर जान चाहनेलाई भोलि र पर्सी काठमाडौं बाहिर जान दिने भएको छ ।

बिहिबार रक्षामन्त्रालयमा ईश्वर पोखरेलको नेतृत्वमा बसेका सरोकारवाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यकाबाहिर जान मानिसहरुलाई दिने निर्णय गरेको हो ।


२७ चैत २०७६, बिहीवार ०९:५४ बजे प्रकाशित

#belauri nagarpalika
dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु