बन्दुकको गोली लागेर महिलाको मृत्यु

बाजुरा,चैत २७। जिल्लाको गौमूल गाउपालिका वडा नम्बर ४ मा एक महिलालाई गोली लागेर मृत्यु भएको छ । बुधबार राति ३३ वर्षीया सुन्तु रोकायाको घरमै राखिराखेको भरुवा बन्दुक पट्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

भरुवा बन्दुक भैसी गोठमा राखिएकाको थियो भने सुन्तुलाई गोठमै मृत अवस्थामा फेला पारिएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए।

गौमुल गाउपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकायालाई एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानको लागि प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटना स्थल पुगिसकेको छ भने थप अनुसन्धानको लागि अहिले प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्राई नेतृत्वको टोली पनि सदरमुकाम मार्तडीबा गौमुल तिर लागको छ ।

घटना के कति कारणले भएको हो, थप बिबरण प्रहरी नायवउपरिक्षको टोली पुगेपछि थाहा हुने जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।


२७ चैत २०७६, बिहीवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु