punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना परीक्षण प्रयोगशालाका उपकरण धनगढी पुग्यो

Chaupati
safha napa

धनगढी : संघिय सरकारले कोरोना भाईरसका सम्भावित विरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका समाग्री धनगढी पुगेको छ ।

चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलीकोप्टर मार्फत धनगढी पठाएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकोप्टर प्रयोगशालाका उपकरण लिएर भर्खर धनगढीमा अवतरण गरेको बताए।

संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ।


१८ चैत २०७६, मंगलवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु