punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटा नगरपालिका १ मा क्वारेन्टाईन सञ्चालन हुने

Chaupati
safha napa

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर एक मा क्वारेन्टाईन सञ्चालन गर्ने निर्णय भएको छ अाज काेराेना राेकथाम सम्बन्धि वार्ड अध्यक्ष हरिश बहादुर बिष्ट को अध्यक्षतामा 14 सदस्य कोरोना रोकथाम तथा क्वारेन्टाईन व्यवस्थापन का निर्माण गरिरहेको छ ।

वडासमितिका ५ जना सँगै सामाजसेवि ५ जना प्रधानाध्यापक २ जना,स्वास्थ्य प्रतिनिधि १ जना, सदस्य सचिव १ जना गरि १४ जनाकाे काेराेना राेकथाम समिति गठन गरिएको छ।

कोरोना रोकथाम समितेले वडा नं.१मा क्वारेन्टाईन बन्साह प्रहरि पाेष्टनजिक शव डिविजन वन कार्यालयको खाली भवन संचालन गर्ने निर्णय गरिएको छ। त्यस्तै वडाभित्र अतिअावश्यक सामाग्रि बिक्रिगर्ने पसल विहान ५ बजे देखि ७ बजेसम्म खाेल्ने ब्यक्तिगत दुरि 3 मिटर कायम गर्ने किन बेच गर्ने सबै पसल हरुलाई खवर गर्ने निर्णय भएको छ । वार्ड भित्र लकडाउनको समयमा खेलाउने, क्यारमबोर्ड तास खेल्ने र भिडभाडहुने गति बिधि गराएकाे पाईए कानुन बमाेजिक कडा कार्वाहि गर्ने निर्यण गरिएको छ ।

दैनिक ज्यालामजदुरि गरिखाने अति विपन्न परिवार हरुकाे डाटा संकलन ३ दिनभित्र गरिसक्ने र डाटा संकलन गरे पछि खाद्यान्न लगायतका सामग्री वितरण गर्ने तयारी रहेको वार्ड अध्यक्ष हरिश बहादुर बिष्टले बताउनुभयो । अहिले सम्म भारत लगायतका बिदेश बाट आएका 86 जनाको डाटा संकलन गरिएको छ सबै लाई अवस्था हेरेर क्वारेन्टाईनमा राख्ने तयारी रहेको बताउनुभयो । लकडाउनको पुर्ण पालना गरी आ आफ्नो घरमा बस्न समेत वार्ड बासी जनताहरुमा अनुरोध गरिएको छ ।


१८ चैत २०७६, मंगलवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु