punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा रहेका कोरोना भाइरस संक्रमितको अवस्था समान्य

Chaupati
safha napa

धनगढी: सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना पोजेटिभ बिरामीको अवस्था सामन्य रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ता डा। जगदिश जोशीले उपचाररत बिरामीको अवस्था सामान्य नै रहेको बताए ।

उनले कोरोना पोजिटिभ बिरामीको आज चेकजाँच गरिएको बताउदै उनलाई सामान्य डायरिया मात्रै भएको र अन्य अवस्था सामन्य नै रहेको बताउदै गत चैत्र ११ गते अस्पताल आउँदा जुन अवस्थामा बिरामी थियो अहिले पनि सोही अवस्थामा रहेको बताए ।

ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै चैत्र ७ गते काठमाडौँ पुगेका थिए।

चैत्र ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए भने नेपालगञ्जबाट सार्वजनिक बस हुँदे धनगढी आएका थिए।

८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीमा कोरोना संक्रमणको पुष्टि गत शुक्रमवार भएको थियो ।त्यस्तै अस्पतालले आज सुचना जारी गर्दै आइसोलेसन वार्डमा २३ जना बिरामी भर्ना भएकोमा १९ जना निको भएर घर गएको जनाएको छ।

त्यसैगरी ३ जना स्वास्थ्यकर्मी गरि २६ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा १ जनाको मात्रै कोरोना पोजेटिभ देखिएको बताउदै ६ जनाको रिपोर्ट आउन बाकी रहेको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।


१८ चैत २०७६, मंगलवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु