punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ५ ले बाड्यो खाद्य सामाग्री

Chaupati
safha napa

कंचनपुर:कंचनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर-५ को कार्यालय बनसमितिले मंगलवार वडा नम्बर ५ भित्र बसोबास गर्ने वादी,गरिब,तथा बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

वडा नम्बर ५ का ९ वादी समुदायका परिवार र ३ अति बिपन्न तथा अशक्त परिवारलाई खाद्य सामाग्री चामल, दाल, नुन र तेल वितरण गरेको वडा अध्यक्ष कमल राज गिरिले बताए ।

कोभिड-१९ कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरे संगै दैनिक रुपमा ज्याला,मजदुरी गरेर जीवन निर्वाह गरिरहेका परिवारहरुको जल्दो बल्दो समस्यालाई सामाधान गर्नको लागि वडा कार्यालय बाटै खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष गिरीेले बताए।

वडा नम्बर ५ को वडा कार्यालयले सम्पुर्ण वडा वासीको समस्या लाई मध्यनजर गरि अत्याआवश्य्क सेवा सुबिधा प्रदान गर्न वडा न ५ को वडा कार्यालय सदैब तत्वर रहेको समेत बताए । वडा अध्यक्ष गिरीले खाद्यान्न सामाग्री बितरण संगै सम्पुर्ण वडा वासिहरुमा लक डाउनको सबैले पालना गर्दै घर मै बसी सहयोग गरिदिन हुन् समेत हार्दिक अपिल गरेका छन् ।

नम्बर ५ को वडा कार्यालयले १२ परिवारलाई प्रति परिवार १० किलो चामल,१ किलो दाल,१ किलो नुन र आधा लिटर तेल वितरण गरिएको छ । वडा कार्यालयले आफुहरु लोकोन्मुख जाति लाई बिशेस प्राथमिकताका साथ राखी सहयोग गरेको प्रति वादी समुदायका परिवार संगै अन्य खाद्यान्न सामाग्री प्राप्त गर्ने व्यक्तिहरुको भनाई रहेको छ ।

त्यसै गरि वडा नम्बर ५ ले सोमबार प्रतेक परिवारलाई वडा न ५ को कार्यालयको तर्फ बाट निशुल्क रुपमा साबुन समेत बितरण गरेको थियो ।


१८ चैत २०७६, मंगलवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु