शुक्लाफाँटा नगरपालिका वडा नं.९ का वडाध्यक्ष ऐरद्धारा ५० बढी परिवारलाई खाद्यान्न वितरण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं।९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले आर्थिक रुपमा विपन्न ५० भन्दा बढी परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न वितरण गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसले लकडाउन भए संगै दैनिक ज्याला मजदुरी गरेर जिबन चलाईरहेका मजदुरहरु मजदुरी गर्न नपाएपछि भोकै बस्नु परेको छ । मंगलबार वडाध्यक्ष ऐरले आफ्नो वडाका लकडाउनका कारण भोकै बस्नु परेका गरिब ,विपन्न,जनजाति तथा विपन्न मजदुरहरुलाई खाद्यान्न वितरण गरेका हुन् ।

उनले मजदुरहरुलाई लकडाउनका कारण भोकै बस्नु परेका विपन्न ५० भन्दा बढी परिवारलाई लकडाउन अवधिभर पुग्ने गरि वडामा रहेका गरिव,बिपन्न ५० भन्दा बढि प्रतेक परिवार लाई १० किलोका दरले चामल वडबासिका घर घरमै गएर वितरण गरेका हुन् ।

वडाध्यक्ष ऐरले आफ्नो वडामा गरिब ,विपन्न,जनजाति तथा एकल महिलाहरुलाई दुख परेको समयमा सहयोग गर्नु आफ्नो दायित्व रहेको भन्दै सहयोग गरेको बताए । विश्वभर फैलिएको कोरोना भाइरसले देशका जनताको जोखिममा रहेकाले सुरक्षाको लागि लकडाउन गरेको हो । यस भाइरसबाट सबै सुरक्षित रहन र घरमै बस्न वडाध्यक्ष ऐरले सबैको घर घरमा पुगेर अनुरोध समेत गरेका छन् ।

नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्ष बिभिन्न सामाजिक सेवामा अग्रसर हुदै आएका छन् । पहिलो चरणमा आफ्नै व्यक्तिगत पुजिमा सहयोग गरे पनि अब केहि समय पछि फेरी स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार संघ बिशेस पहल गरेर यस्तो विसं परस्थितिमा सहयोग गर्ने प्रतिबद्दता समेत गरेका छन् ।

साथै वडाध्यक्ष रमेश बहादुर ऐरले व्यक्तिगत रुपमा एक सय भन्दा बढी माक्स समेत बितरण गरेका हुन् । वडाध्यक्षले घरमै पुगेर खाद्यान्न बितरण गरेको प्रति स्थानिय गरिब,विपन्न,जनजाति तथा एकल महिलाहरु खुशी भएका छन् ।


१८ चैत २०७६, मंगलवार १०:३० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु