punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिका तथा अस्टेलियामा बस्ने युवकद्धारा खाद्यान्न सहयोग

Chaupati
safha napa

कोभिड १९ अर्थात कोरोना भाइरसको पुर्व सतर्कता स्वरुप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदूरी गरि खानेहरुलाई समस्यामा पारेको छ ।

उनिहरुलाई छाक टार्नै धौ धौ भएको छ । दैनिक ज्यालादारीमा काम गरेर घर खर्च चलाउने बिपन्न समुदायलाई लक्षित गर्दै धनगढी उप महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधीहरुले सहयोग अपिल गरेर अभियान चलाएका छन् । अभियान चलाएसंगै आज अमेरिका तथा अस्टेलियामा बस्ने युवकहरुले ७० हजार बराबर आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी मदन भट्ट मार्फत सो अभियानमा उनिहरुले सहयोग गरेका हुन् । सहयोग गरेसंगै उप महानगरपालिका वडा नम्बर ३ को टिमले छाक टार्नै मुस्किल भएका भन्सार गौरिटोलका ९४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । वडाका बिपन्न तथा छाक टार्नै मुस्किल परेका ब्यक्तीहरुको पहिचान गरी खाद्यान्न वितरण गरेको वडा सदस्य ओम बिक्रम चन्दले बताए । सोमबारबाट सहयोग अभियान थालेको सो टिमले थुप्रै क्षेत्रबाट सहयोग पाएको जनाएको छ ।

केही क्षेत्रबाट आर्थिक तथा केहीबाट खाद्यान्न नै सहयोग भएको वडा अध्यक्ष बल बहादूर ऐरले बताए । यो अभियान अन्तर्गत सबै वडाका छाक टार्न मुस्किल परेका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिने उनले बताए । धनगढी उपमहानगरपालिका ५ घर भई हाल अस्टेलियामा रहेका अनिल भट्टले ५१ हजार तथा धनगढी ८ बुद्धचोक घर भई हाल अमेरिकामा रहेका दिनेश कार्कीले २१ हजार सहयोग गरेको रकमबाट खाद्यान्न वितरण गरेको समाजसेवी मदन भट्टले बताए ।

बिभिन्न क्षेत्रबाट आएको सहयोगलाई वडा नम्बर ३ को अभियानमा समाबेस गरिएको उनले बताए । लकडाउनले मजदूरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका नागरिकहरु खाद्यान्न पाएसंगै खुशी भएका छन् । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सानो सहयोगलेपनि धेरै राहत पुगेको उनिहरुले बताएका हुन् । यस्ता सहयोग अन्य क्षेत्रबाटपनि आए भोकै बस्नु नपर्ने उनिहरुको बिश्वास छ ।


१८ चैत २०७६, मंगलवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु