अत्तरियाका सामाजसेवी भट्टले बादी सामुदायलाई खाधान्न सहयोग

कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियाका समाजसेवी गोकर्ण भट्टले लकडाउनको कारण मारमा परेका बादी सामुदायलाई खाधान्न सहयोग गरेका छन् ।

नगरपालिकाको वडा नं. ३ मा रहेका झण्डै आठ परिवारलाई भट्टले चामल,नुन सहयोग गरेका हुन् । विश्वभर फैलिएको कोरोना भाइरसले लकडाउन भए संगै दैनिक ज्याला मजदुरी गरेर जिबन चलाईरहेका मजदुरहरु मजदुरी गर्न नपाएपछि भोकै बस्नु परेकाले मजदुरहरु भट्टको घरमै पुगेका थिए ।

निवासमा आएका मजदुरलाई सहयोग गर्नु आफ्नो दायित्व भएकाले सक्ने सहयोग गरेको भट्टले बताउनु भयो ।

भट्ट नेकपा गोदावरी नगरकमिटीका अध्यक्ष पनि हुन् । खाधन्न पाएपछि स्थानिय बादी महिला खुशी भएका छन् ।


१८ चैत २०७६, मंगलवार ०८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु