विशाल सामुदायिक बनले उपभोक्ताहरु लाई मास्क र साबुन वितरण गर्दै
![image image](https://www.morningbelldaily.com/wp-content/uploads/2020/03/FB_IMG_15856395318633460.jpg)
कञ्चनपुर:कञ्चनपुरको विशाल सामुदायिक बनले उपभोक्ताहरु लाई मास्क र साबुन वितरण गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई रोकथाम गर्नका लागी कृष्णपुर नगरपालिकामा रहेको विशाल सामुदायिक बनले मास्क र साबुन वितरण गरेको सामुदायिक बनका अध्यक्ष बिक्रम थापाले बताए ।
कृष्णपुर नगरपालिकामा वैदेशिक रोजगारी गरेर नेपाल आएकाहरूको तंथ्याङक सङ्कलन गर्दा वडा नं. १ मा सबै भन्दा बढी ३ सय २८ जना वैदेशिक रोजगारीबाट आएका हुन् । जसले गर्दा सामुदायिक बनका उपभोक्ताहरु उच्च जोखिममा रहेकाले मास्क र साबुन वितरण गरेको अध्यक्ष थापाले जनाएका छन् ।
साथै सामुदायिक बन उपभोक्ता समितिले कोरोना भाइरसलाई रोकथाम गर्नका घरमै पुगि तथा पमपिलेटको माध्यमबाट जनचेतना मुलक कार्य गरेको बन उपभोक्ता समितिले बताएका छन् ।
१८ चैत २०७६, मंगलवार ०७:२८ बजे प्रकाशित