punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उत्पादनहरू बढाउन महासंघको अपिल

Chaupati
safha napa

​​​​नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योगहरुलाई अझ बढी उत्पादन बढाउन आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारी फैलने त्रासका कारण सरकाले गरेका लकडाउनको समयावधी बढाएसँगै देशभर अत्यावश्यक सामग्रीको अभाव भएको भन्दा महासंघले पूर्ण रुपमा सुरक्षाका उपायहरु अपनाएर आफ्ना उत्पादनमा वृद्धि गर्न उद्योग व्यवसायीहरुलाई आग्रह गरेको हो ।

जोखिम मोलेर उद्योग सञ्चालन गरिरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन महासंघ स्थानीय प्रशासन र प्रहरीसँग आग्रह गरेको छ ।
संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गरेर सरकारलाई सहयोग गर्नसमेत महासंघले अपिल गरेको छ ।
मुलुकमा आर्थिक गतिविधि ठप्प भएकाले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिन पनि महासंघको आग्रह छ । संकटको यस घडिमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पु¥याउन नसकेमा मुलुक अझै ठूलो समस्या पर्नेतर्फ पनि महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।


१८ चैत २०७६, मंगलवार ०३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु