बझाङमा विप्लप नेतृत्वको नेकपाद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

बझाङ : नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले विपन्न परिवारहरुलाई खाध्यान्न सामाग्री सहयोग गरेको छ । जिल्लाको दुर्गाथली गाँउपालिका वडा नम्बर १ मा रहेका गरिब दलित बिपन्न परिवारहरुलाई विप्लप नेतृत्वको नेकपाले १५ दिन सम्मका लागि पुग्ने खाध्यान्ह समाग्री दाल चामल, सावुन वितरण गरेको हो ।

विप्लप नेतृत्वको नेकपाले सरकारले घोषणा गरेको लकडाउनले गरिव विपन्न समुदाएको घरमा खाध्यान्हको अभाव भई गरिवको घरमा चुलोमा आगो नवलेको र गाउँपालिकाले वडावासीहरुको पिरमर्का नबुझेको भन्दै वडाभरीका २५ घर परिवारलार्ई खाध्यान्ह वितरण गरेको नेत्र बिक्रम चन्द्र विप्लप समुहले जनाएको छ ।

सोमवार विप्लप नेतृत्वको नेकपा बझाङ जिल्ला इञ्र्चाज बिराटले खाध्यान्ह सामाग्री वितरण गरेको बताए । उनले नेपाली जनता एक जुट भएर लाग्नुपर्ने बेला आएकाले गरिव विपन्न दलीत समुदायलाई सहयोगका लागि आग्रह गरे ।


१८ चैत २०७६, मंगलवार ०१:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु