punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी ग्रिन सिटीले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि खाद्यान्न समाग्री सहयोग

Chaupati
safha napa

कैलाली: लायन्स क्लव अफ धनगढी ग्रिन सिटीले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि खाद्यान्न समाग्री सहयोग गरेको छ ।
क्लबका अध्यक्ष गोबिन्द खतिवडाले नगरस्तरीय बिपद ब्यबस्थापन समितिलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन ।
धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प बहादुर वड मार्फत क्लबका तर्फबाट ५० कट्टा चामल, ६० पाकेट तेल १ सय पोका नुन र २ बोरा सोयाविन हस्तान्तरण गरिएको क्लबका अध्यक्ष खतिवडाले जानकारी दिए । उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्ने समुदायका लागि केही सहज होस भनेर क्लबका सदस्यहरूबाट प्राप्त सहयोगले उक्त खाद्यान्न सामाग्री खरिद गरि नगरस्तरीय बिपद ब्यबस्थापन समितिलाई हस्तान्तरण गरेको बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख वडले उक्त खाद्यान्न सामाग्री बिपन्न समुदायमा बितरण गरिने बताए ।


१६ चैत २०७६, आइतवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु