मलेसियामा डोटीका एक युबकको शंकाष्पद मृत्यु

डोटी -मलेसियाको क्वालालम्पुर एक नेपाली शंकाष्पद मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका ९ घर भएका सुरेश नागरीको मृत्यु भएको उनका आफ्न्तले बताएका छन् ।

उनी त्यँहा रहेको चेरास स्थित ग्यालेक्सी सेकुरेटी कम्पनीमा कार्यरत थिए । मृतकको खुट्टा भुईमा टेकिएको र कोठा भरि लतारिएर रक्ताम्य दृश्य देखेपछी उनका साथीहरूले मृत्यु शंकाष्पद भएको आशंका गरेका हुन ।

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । घटना बारे नेपाली राजदुतावास लाई समेत जानकारी गराइसकेको मृतकका आफन्तले जानकारी दिए।


१६ चैत २०७६, आइतवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु