बाजुरामा १० बेडको आईसोलेशन कक्ष निर्माण
बाजुरा – जिल्ला अस्पताल बाजुराले १० बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ (कोरोना भाइरस) को उपचार गर्न बाजुरामा पूर्वतयारी स्वरुप आईसोलेशन कक्ष निर्माण गरिएको हो । भाइरसबाट प्रभावित भई आकस्मिक रुपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन आइसोलेशन कक्ष निर्माण गरिएको जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापाले बताएका छन ।
कोरोना भाइरसले विश्वमा महामारीको रुप लिईरहेको बेला भाइरसबाट बच्न पुर्व तयारीका लागि बाजुरा जिल्ला अस्पतालले १० बेडको आइसोलेशन कक्ष निमार्ण गरी तयारी अवस्थामा राखेको अध्यक्ष थापाले बताए ।
जिल्ला समन्वय समितिको सभा हलमा आइसोलेसन तयार पारेको हो । विश्वब्यापि रुपमा फैलिरहेको कोरोनो भाइरसका लागि पुर्व तयारी अबस्थामा आइसोलेसनको कक्ष तयार पारेको जिल्ला अस्पताल कार्यलयका प्रमुख डा.रूपचन्द्र विश्कर्माले बताएका छन । पुर्वतयारीका लागि जिल्ला अस्पताल बाजुराका सबै कर्मचारी निरन्तर खटिरहेको र कोरोनाको लक्षण देखिए विरामिलाई आइसोलेसनमा राखेर निगरानी गर्ने बताए ।
बाजुरा जिलला विपद व्यवस्थापन समितिले यस अघि नै समन्वय समितिको सभा हललाई तत्कालका लागि आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । अस्पतालले आइसोलेशन कक्षमा १० बेड सहित आवश्यक व्यवस्थापन गरेको जनाएको छ ।
अस्पताल आउने बाहिरी प्रवेशद्वारमा नै ज्वरो नाप्ने काम गरेर मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गर्दै आएको अस्पतालले जनाएको छ । ‘ज्वरो आएका बिरामीलाई छुट्टै निगरानी कक्षमा राखेर आवश्यक सोधपुछ सहित सल्लाह सुझाव दिने गरिएकोे छ ।’ कार्यलय प्रमुख डा. विश्वकर्माले बताए ।
१५ चैत २०७६, शनिवार ०९:५५ बजे प्रकाशित