सेती प्रादेशिक अस्पतालमा कोरोनासंग जुध्न रणनीति बनाईदै

धनगढी : सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा राखिएका व्यक्ति संक्रमित भएको रिपोर्ट आएपछि उनको उपचार र उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई समेत आईसोलेसमा राख्ने सम्बन्धमा यतिबेला अस्पतालमा चिकित्सकहरुको बैठक बसिरहेको छ ।

कोरोनासंग कसरी जुध्ने र कसरी सुरक्षित भएर सेवा दिने भन्ने विषयमा छलफल भईरहेको अस्पताल स्रोतले बतायो ।

हिजोसम्म ती व्यक्तिको उपचारमा संलग्नहरुलाई समेत आइसोलेसनमा राख्नु पर्ने देखिएकोले नयाँ टीम र जिम्मेवारीका सम्बन्धमा पनि चिकित्सकहरुबीच छलफल भइरहेको छ ।

पर्सनल प्रोटेक्टिभ ईक्युप्मेन्ट, मास्क, सेनिटाईजर सामग्रको अभावका बाबजुद पनि उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीका लागि यो निकै जटिल चुनौती हो । आशा छ,यो चुनौतीपूर्ण अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीहरु आफू पनि सुरक्षित रहनेछन् । र संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिहरु स्वस्थ्य भएर चाडै डिस्जार्ज हुनेछन् ।

संक्रमित व्यक्तिको पहिचान भइसकेको अवस्थामा उनको सम्पर्कमा आएका, उनीसंग उठबस र भेटघाट गर्ने परिवारजन, छिमेकी, आफन्त र साथीभाईहरु पनि सेल्फ क्वारेन्टाईनमा बस्नुहोला, एक चिकित्सकले भने, घरभित्रै परिवारका अन्य सदस्यसंग भेटघाट र सम्पर्क नगर्नुहोला । बाहिर त निस्किदै ननिस्किनुहोला ।

र कोरोनाको लक्षण देखिए चिकित्सकसंग आवश्यक सल्लाह लिएर मात्र बाहिर ती चिकित्सकको सुझाव थियो ।


१५ चैत २०७६, शनिवार ०९:४६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु