नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लियो
नेपाल वायुसेवा निगमको विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाडौंवाट औषधि र अत्यावश्यक सामाग्री बोकेर गएको वाइ ट्युवेल इ विमान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लेर दुर्घटना भएको हो ।
विमान धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुगेको छ ।
दुर्घटनावाट विमानमा पुगेको क्षतिको पुर्ण विवरण आउन बाँकी छ । दुर्घटनामा परेका चालक दलका तीन सदस्य र दुई जना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
विमानले नेपालगञ्जका कोरोना आंशका गरेका विरामीको र्यालको नमूना परीक्षणका लागि काठमाडौं ल्याउने योजना थियो । विमान स्वास्थ्य मन्त्रालयले चार्टर गरेर नेपालगञ्ज लगेको हो ।
१५ चैत २०७६, शनिवार ०८:३२ बजे प्रकाशित