कोरोना भाईरस रोकथामका लागि धनगढीको सिद्धार्थ बैँकद्धारा १० लाख सहयोग

धनगढी : धनगढीको सिद्धार्थ बैँकले कोरोना भाईरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ।

शनिबार बैकको प्रदेश कार्यालयका प्रमुख पवन चन्द्र अधिकारी र धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका छन। चेक बुझ्दै मुख्यमन्त्री भट्टले संकटको समयमा बैकले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गरेका थिए ।


१५ चैत २०७६, शनिवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु