बेल्जियममा बिरालोलाई देखियो कोरोना संक्रमण

काठमाडौं – चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरसका कारण अहिले विश्वका २०० देश प्रभावित बनेका छन् । कोरोनाका कारण विश्वका इटाली, स्पेन,अमेरिका लगायतका देशमा मृत्यु हुनेकोसंख्या बढ्दै गइरहेको छ ।

यसैक्रममा हालै ब्रसेल्समा कोरोना लक्षण देखिएको एक बिरालोमा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको परिक्षण गरिएको उक्त बिरालोमा संक्रमण देखिएको छ ।

सरकारका एक प्रवक्ताका अनुसार जनावर र कोरोनाका संक्रमण भएका मानिसको नजिकले संक्रमण हुन सक्ने बताएका छन् । पशु चिकित्सा संकायका वैज्ञानिकका अनुसार कोरोनाको संक्रमण मानिसबाट जनावरमा पनि सर्न सक्ने जनाइएको छ ।


१५ चैत २०७६, शनिवार ०३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु