धनगढीमा रहेको बि.एल. जनरल एण्ड अण्डा सप्लायर्सले अप्ठ्यारोमा परेकालाई निःशुल्क खाद्यान्न सहयोग गर्ने

धनगढी : धनगढीको बसपार्कमा रहेको बि.एल. जनरल एण्ड अण्डा सप्लायर्सले अप्ठ्यारोमा परेकालाई निःशुल्क खाद्यान्न सहयोग गर्ने जनाएको छ ।

कोरोना भाइस सङ्क्रमणलाई रोकथाम गर्न सरकारले मंगलवारबाट देशैभर लकडाउन गरेको छ । लकडाउनकाका कारण यहाँका विपन्न विपन्न परिवारलाई बसपार्कमा रहेको बि.एल. जनरल एण्ड अण्डा सप्लायर्सले खाद्यान्न सहयोग गरिने बताएको छ ।

सप्लायर्सका सञ्चालक विष्णु जोशीले सङ्कटको समयमा अप्ठ्यारोमा परेकालाई निःशुल्क खाद्यान्न सहयोग गर्ने बताएका हुन । सम्पर्कमा आएका परिवार तथा व्यक्तिहरूको वास्तविकतालाई हेरी प्रति परिवार ५ के.जी. चामल, १ के.जी. दाल, १ प्याकेट नुन, १ प्याकेट तेल, ५ पिस साबुन र १ क्रेट अण्डा सहयोग गर्ने समेत घोषणा गरेका छन् ।

देशैभरी लकडाउनका कारणले दैनिक गुजारा चलाइरहेका वर्गका लागी आफूले सक्दो सहयोग गर्ने उनले बताए । वास्तविक समस्यामा रहेका परिवारहरूले उनको व्यक्तिगत सम्पर्क नं ९८६४७५११०७ सम्पर्क गर्न अनुरोध गरेका छन् ।


१४ चैत २०७६, शुक्रवार १०:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु