कञ्चनपुरमा एक सय ४० बेडको आइसोलेसन वार्ड तयार

कञ्चनपुर : कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै कञ्चनपुरमा स्थानीय तहहरुले १ सय ४० बेडको आइसोलेसन वार्ड तयार गरेका छन् ।

सबैभन्दा बढी भीमदत्त नगरपालिकाले महेन्द्रनगरम एक सय बेडको आइसोलेसन वार्ड तयार गरेको छ ।यस्तै बेल्डाँडी गाउपालिकाले १९, शुक्लाफाँटा नगरपालिकाले १० र बेदकोटले ६ बेडको आइसोलेसन वार्ड तयार गरेका छन् ।

यसैगरी महाकाली अस्पतालमा ६ बेडको आइसोलेसन तयार भइसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।हालका लागि महेन्द्रनगरस्थित सिएमए-अनमी तालिम केन्द्रको भवनमा एक सय बेडको आइसोलेसन तयार गरिएको भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहहरुले धमाधम क्वारेन्टाइन निर्माण सुरु गरेका छन् ।उनीहरुले शंकास्पद व्यक्तिलाई राख्नका लागि भन्दै प्रत्येका स्थानीय तहमा कम्तीमा २५ वेडसम्मको क्वारेन्टाइन निर्माणको काम सुरु गरेका हुन् ।

यसअघि, जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा क्वारेन्टाइन अनिर्वाय रुपमा निर्माण गर्नुपर्ने निर्णय गरेसँगै पुनर्वास नगरपालिका बाहेक अन्य स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माणको काम सुरु गरेका छन् ।


१४ चैत २०७६, शुक्रवार ०७:५६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु