भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण भएपछि उपचार गराइ रहेका एक नेपाली युवा अस्पतालबाट डिस्चार्ज भएका छन्। न्यूयोर्कको कुइन्सस्थित एल्मष्ट अस्पतालमा उपचार गराइरहेका युवा बुधबार डस्चार्ज भएका हुन्।
यसअघि कोरोनाको संक्रमणबाट सिकिस्त २२ वर्षीय ती युवाका बुवाले कोरोना संक्रमणबाट मंगलबार ज्यान गुमाएका थिए। उनको परिवारका अन्य सदस्य पनि कोरोना संक्रमण देखिएको थियो। परिवारका बाँकी सदस्यको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै आएको जनाइएको छ।
न्यूयोर्कमा संक्रमित नेपालीको संख्या बढ्दै गएपछि नेपाली समुदायका अगुवा सहयोगका लागि समूह बनाएर काम गरिरहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनीहरुले समूह बनाएर औषधि पुराउने, अत्यावश्यक सामाग्री खरिद गर्न नसक्नेको सामान किनेर घरघर पुराइ दिने गरिरहेका छन्।
अमेरिकाभर कोरोना भाइरस संक्रमित हुनेको संख्या ६८ हजार नाधेको छ। यो समाचार तयार पार्दासम्म मृतकको संख्या १ हजार ५० पुगेको छ।
१३ चैत २०७६, बिहीवार ०५:३४ बजे प्रकाशित