punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एम्बुलेन्स चालकले मागे सुरक्षा सामाग्री

Chaupati
safha napa

धनगढीः सुदूरपश्चिम प्रदेशका एम्बुलेन्स चालकले सुरक्षा सामाग्री माग गर्दै सरकारको ध्यानाकर्षण गरेको छ। बिहीबार संयुक्त एम्बुलेन्स चालकले प्रदेशका सामाजिक विकास मन्त्री र कैलाली प्रमुख जिल्ला अधिकारीलाई आवश्यक सामाग्री माग गर्दै निवेदन पेस गरेका छन्।

संघका प्रदेश अध्यक्ष लक्ष्मण सिंहले निवेदन मन्त्री कृष्णराज सुवेदी र कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई निवेदन दिएका थिए। एम्बुलेन्स चालकहरू असुरक्षित भएर एम्बुलेन्स चलाउन बाध्यता रहेको सो निवेदनमा उल्लेख छ।

निवेदनमा एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामाग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) चालकलाइ उपलब्ध गराउन माग गरिएको छ। यस प्रदेशबाट सञ्चालित एम्बुलेन्सहरूले बिहीबारसम्म सेवा प्रदान गर्दै आइरहेको र कोरोना भाइरससम्बन्धी समस्या जटिल बन्दै गइरहेको परिप्रेक्षमा एम्बुलेन्स सेवालाई निरन्तर सुचारू गर्नका लागि सुरक्षा सामाग्री उपलब्ध गराइनुपर्ने उल्लेख छ।


१३ चैत २०७६, बिहीवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु