punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका कारण गोरिल्लालाई पनि खतरा

Chaupati
safha napa

कंगोको विरुङ्गा राष्ट्रिय निकुञ्ज विश्वको करीब एक-तिहाइ पहाडी गोरिल्ला बसोबास गर्ने स्थान हो। आगामी जुन १ देखि उक्त निकुञ्जमा पर्यटकलाई प्रवेश निषेध गरिने भएको छ।

वैज्ञानिकहरूले पहाडी गोरिल्लालाई पनि कोभिड-१९ को सङ्क्रमण हुनसक्ने भन्दै तत्काल यस्तो कदम लिन आह्वान गरेका थिए।

त्यस्तै, रुवान्डाले पनि अस्थायी रूपमा आफ्ना तीन राष्ट्रिय निकुञ्जमा पर्यटकीय तथा अनुसन्धानमूलक गतिविधिलाई रोक लगाएको छ। उक्त निकुञ्जहरूमा पनि गोरिल्ला र चिम्पान्जीजस्ता जनावर रहेका छन्।

मानिसमा झैँ गोरिल्लालाई पनि त्यस्तै श्वासप्रश्वासको समस्या हुन सक्छ। सामान्य रुघाखोकीले गोरिल्ला मर्न सक्ने वल्र्डवाइड फन्ड फर नेचरले जनाएको छ। त्यसैले पनि पर्यटकलाई गोरिल्लाको नजिक जान दिइन्न।

केन्याको संरक्षणकर्मी समूह वाल्डलाइफ डाइरेक्टका प्रमुख कार्यकारी अधिकृत पाउला काहुम्बुले जङ्गलमा निकै न्यून सङ्ख्यामा रहेका पहाडी गोरिल्लाको संरक्षणका लागि यथासक्य प्रयास गर्ने जनाए। ‘गोरिल्ला मानवीय रोगप्रति संवेदनशील हुन्छन्, कोरोनाको महामारी फैलिँदै गर्दा हामी गोरिल्लाहरूलाई जोखिममा राख्न सक्दैनौँ,’ उनले भने, ‘हालका उपायसमेत पनि पर्याप्त नहुने देखिन्छ।’


९ चैत २०७६, आइतवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु