punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवाहका लागि माग्न आएका युवासँग ८० पुस्तक मागेपछि…

Chaupati
safha napa

पढ्नु भनेको के हो र मानिसलाई पढ्न कति चाहना हुन्छ भन्ने कुरा प्रष्ट्याउने एउटा उदाहरण बाहिर आएको छ। प्रसंग केरलाको हो।

त्यहाँ एक युवतीले विवाह गर्ने युवासँग उपहारका लागि ८० किताबको माग राखेकी छिन्। उनको यो कुराले अहिले सामाजिक सन्जालमा निकै ठूलो प्रशंसा पाइरहेको छ।

अजना नाजिमले २६ वर्षका सिभिल इन्जिनियर इजाज हाकिमसँग विवाह गर्दा यो डिमान्ड गरेकी हुन्। उनको सर्तअनुसार हाकिमले उनलाई ९६ किताब दिएर भेट गरेका थिए।

मुस्लिम समुदायमा विवाह पहिले युवतीले केही न केही माग्ने प्रचलन। अजनाले विवाहका लागि युवा माग्न आउँदा आफ्नो बेडरुममा एउटा लाइब्रेरी हुनु पर्ने माग पनि राखेकी थिइन्। त्यहीअनुसार उनको लाइब्रेरी पनि बनेको छ। एजेन्सी


८ चैत २०७६, शनिवार १४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु