महाकाली अस्पतालमा ५० शैयाको आइसोलेशन तत्काल निर्माण गरिने : मुख्यमन्त्री भट्ट

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथामका लागि महाकाली अस्पतालमा ५० शैयाको प्रिफाभ आइसोलेशन वार्ड तत्काल निर्माण गरिने बताउनु भएको छ ।

शनिवार पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कको स्थलगत अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित र व्यवस्थित गर्ने तयारी भइरहेको बताउनु भयो ।

कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्रीको अभाव रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले संघीय सरकारसंग समन्वय गरी अपुग सामग्रीको व्यवस्था मिलाइने बताउनु भयो ।

मुख्यमन्त्री भट्ट सहित सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले महेन्द्रनगरमा रहेको महाकाली अस्पतालको आइसोलेशन कक्ष र भीमदत्त नगरपालिकाले तयार गरिरहेको क्वारेन्टाइन कक्षको समेत अवलोकन गर्नुभएको छ ।


८ चैत २०७६, शनिवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु