बस र अटोरिक्सा ठोक्किदा एक जनाको मृत्यु
कैलालीको अत्तरियामा आज बिहान बस र अटो एक आपसमा ठोकिदा गम्भिर घाईते भएका गोदावरी नगरपालीका वडा नं. ६ कोलीकटानका ५३ वर्षिय तुले कोलीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नं ३ चौकिडाडा स्थित मालिका टोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरिया तर्फ आउदै गरेको ना ४ ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट गईरहेको से १ ह २११४ नम्बरको अटो एक आपसमा ठोक्किदा गम्भिर घाईते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको हो ।
मुख र छातीमा चोट लगेर गम्भिर घाईते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा अटोका चालक मान बहादुर बि.क , अटोमा सवार रहेका, सोही ठाउँकी ५० वर्षिय नखरी कोली, २५ वर्षिय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली रहेका छन् ।
उनीहरुको अबस्था सामान्य रहेको र अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१ चैत २०७६, शनिवार ०५:५७ बजे प्रकाशित