साहित्यकार डिपी भण्डारीको निधन

काठमाडौं : साहित्यकार एवं प्राध्यापक डाक्टर दुर्गाप्रसाद भण्डारी (डिपी) को निधन भएको छ । उपचारको क्रममा काठमाडौं स्थित ह्याम्स अस्पतालमा उनको आज अपरान्ह १२ बजे निधन भएको हो।

स्वर्गीय भण्डारीका चार वटा कृति बजारमा छन् । रोधि र फूल, त्यो धर्ती त्यो आकाश, मृगस्थली, नुरो बासुरी बजाईरहेको छ निवन्धसंग्रह चर्चित छन् । भण्डारीको जन्म डोटीको निरौलीमा भएको हो।

भण्डारीले लामो समयसम्म त्रिवि केन्द्रिय क्याम्पसको अंग्रेजी विभागको प्रमुख भएर काम गरेका थिए । भण्डारीलाई बिर्सिने र फोक्सोसम्बन्धी रोग थियो । उनी लामो समयदेखि यो रोगबाट ग्रसित थिए । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने बुझिएको छ ।


१ चैत २०७६, शनिवार ०८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु