बोलन्या थली धनगढीलाई अमेरिकाबाट सहयोग

धनगढी : बोलन्या थलीको पश्चिम सेतीका लागि १ लाख पत्र अभियानमा अमेरिकाका गैर आबासिय नेपालीहरुले सहयोग गरेका छन ।

फेयर फेक्स भर्जि्निया बस्ने बेल्डाडि पचुईका सत्येन्द्र कुमार रायबाट र महेन्द्रनगर घर भई न्युयोर्क बस्ने मंगल रेग्मी बाट १५÷१५ हजार पत्र छपाई खर्च र डडेलधुरा घर भई हाल मिसिसिपी अमेरिका बस्ने भुवन जोशीबाट १ थान डेस्कटप कम्प्युटर सहयोग गरेका हुन ।

पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन अभियानला लागी केही दिन अघि ब्यवसायी गोपाल हमालले २० हजार बराबरको पत्र सामाग्री र उग्रतारा टेक्निकल गुड्स सप्लायर्सका सन्चालक टेक राज पनेरुले २० हजार रकम बराबरको साउण्ड सामाग्री सहयोग गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।

बोलन्या थली धनगढीले पश्चिम सेती निर्माणका लागि दबाब दिन केहीसाता अघि सुदूरपश्चिमबाट प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्यको सुरुवात गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटै स्थानिय तहबाट पत्र संकलन कार्य भइरहेको संयोजक जोशीले बताए।त्यस्तै डोटीमा ७५० डोकासहित प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने थप दबाब समेतका कार्यक्रम रहेको जोशीले बताए ।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल,नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा सँग संसदमा पश्चिम सेती बारे प्रस्ताव लगन छलफल गरे र सुदुरपश्चिम प्रदेशका चर्चित गाएकहरु उपस्थित सडक संगीत र संघर्ष कार्यक्रम गरिसकेको छ ।


१ चैत २०७६, शनिवार ०५:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु