कोरोना संक्रमणले भारतमा मृत्यु हुनेको संख्या २ पुग्यो, ८२ संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ पुग्यो । हिजो शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि केरेला राज्यमा एक व्यक्तिको निधन भएको थियो । भारतमा कोरोना भाइरसबाट संकमितको संख्या ८२ पुगेको छ । जसमा ८ जनामा नयाँ संक्रमण देखिएको हो ।

समाचार एजेन्सी पीटीआईले दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ कि मृतक महिलालाई कोरोनाभाइरस (कोभिड १९) को संक्रमण थियो । दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले कोभिड १९ को संक्रमण र अन्य स्वास्थ्य समस्याका कारण ती महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । उनी यसअघि मधुमेह र उक्त रक्तचापकी बिरामी समेत रहेको जनाइएको छ ।


१ चैत २०७६, शनिवार ०५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु