चौथो सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि आयोजकलाई

धनगढी: नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप चौथो संस्करण आयोजक सुदूरपश्चिम–११ ले हात पारेको छ ।
धनगढी रङ्गशालामा भएको खेलको पहिलो हाफ सकिँदा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले थ्री स्टार क्लब विरुद्ध १–० गोलको अग्रता बनाएको थियो । । खेलको २८ औँ मिनेटमा विक्रम सिंह ठकुरीले गरेको गोल नै फाइनलको निर्णायक गोल बनेको छ । प्रतियोगिताको विजेता बन्दै आयोजक सुदूरपश्चिम ११ ले २१ लाख १ रुपैयाँ प्राप्त गरेको छ ।
पहिलो पटक फाइनलमा पुगेको आयोजक सुदूरपश्चिम–११ ले लगातार दोस्रो पटक फाइनल पुगेको थ्री स्टार लाई हराउँदै जित हात पारेको हो ।
उपविजेता बनेको थ्री स्टारले १० लाख १ रुपैयाँ पाउने छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाइकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिनेछ ।
२० फागुन २०७६, मंगलवार ११:५७ बजे प्रकाशित