कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा फागुन २१ गते सार्वजनिक बिदा

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फागुन २१ गते सार्वजनिक बिदा लिने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर ८ मा रहेको मणिका धाममा लाग्ने मेलाको अवसरमा भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।ग्रामीण विकास नेपालको आयोजनामा शुक्लाफाँटका नगरपालिका–८ मणिका धाममा मेला लाग्ने भएको भएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको छ ।


२० फागुन २०७६, मंगलवार १२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु