punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खतिवडाले दिए अर्थमन्त्रीबाट राजीनामा

Chaupati
safha napa

काठमाण्डौँ : अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्।खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।

उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए।आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन्।

‘आज त सपथ हुँदैन, भोलि दिउँसोमात्र उहाँको सपथ हुने सम्भावना छ,’ राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीसँग भन्यो।राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ।संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन्।


२० फागुन २०७६, मंगलवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु